
काठमाडौँ – सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अबलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदान गर्न यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बैंकले आ ब २०७४।७५ मा पाल्पाको छहरा ,नवलपरासीको भुमही ,मकवानपुरको मनहरी ,बर्दियाको बढैयाताल ,झापाको हल्दिबारी ,महोत्तरीको औरहि र दाङको बंगलाचुली गरी थप ७ वटा शाखाहरु संचालनमा ल्याएको छ । हाल सम्म ७४४ ओटा स्थानीय तह मध्य ३ सय ३२ ओटामा मात्रै ‘क’ वर्गको बैंक पुगीरहँदा यस बैंकको गाउँ गाउँमा शाखा विस्तार गर्ने योजनाले संघीयतालाई दह्रो बनाउन अतुलनीय भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।
“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६७ औ शाखा दाङको बंगलाचुली संचालनमा ल्याएको छ । आज मिति २०७४ साल मंसिर २५ गते यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गर्नु भएको छ । उक्त समारोहमा स्थानीय निकायका सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले श्री गटेरा प्राथमिक विद्यालयलाई १ थान र धापा निम्न माध्यमिक विद्यालयलाई १ थान गरी जम्मा २ थान कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटा र बंगलाचुली गाउँपालिकाका अध्यक्ष श्री भक्त बहादुर ओलीले संयुक्त रूपमा गर्नु भएको छ । उक्त शाखाका इन्चार्ज श्री सुशील पोखरेलले यस क्षेत्रमा कृषि कर्जा , पशु पालन, तथा अन्य व्यवसायिक क्षेत्रमा प्रशस्त लगानी गर्ने बैंकको उदेश्य रहेको जानकारी दिनु भयो ।
मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता श्री गणेश राज पोखरेलले जानकारी गराउनु भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्