×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको नयाँ मुद्दती योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंकको नयाँ मुद्दती योजना

२९ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरि विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा नयाँ मुद्दती बचत खाताको  योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट”  सञ्चालनमा ल्याएको छ ।

व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात रु १ लाख रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर रहेको छ भने बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने छ । साथै यस योजना बाट सम्पूर्ण ग्राहकहरु लाभांश्वित हुनुहुनेछ भन्ने  विश्वास समेत बैंकले लिएको छ ।
आगामी दिनहरुमा पनि बैंकले यस किसिमका अन्य सुबिधाहरु आफ्ना ग्राहकवर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्दछौं । १४ अञ्चलमा रहेको बैंकका ६७ वटा शाखाबाट यो सुविधा उपलब्ध हुने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी