×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्स्प्रेसले घोषणा गर्यो उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेता

PRIME CA

सिटी एक्स्प्रेसले घोषणा गर्यो उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेता

१९ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो ।
चाँदीको सिक्का विजेताका रुपमा कल्पना लिम्बु, कमला बिक, नारायण प्रसाद न्यौपाने, अनिता देवी चौधरी, सारदा बेलबासे, कमल केसी र सिता कुमारी क्षत्री छनोट भएका छन् । ओप्पो फोन विजेताका रुपमा पोखराका बसन्धरी गौतम र ईलामकी दुर्गा माया राई छनोट भएकी छिन्। त्यसैगरी एल जी रेफ्रीजेरेटरको बिजेताको रूपमा महाराजगञ्जका चन्द्र बहादुर थिङ छनोट हुनु भएको छ ।
लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेको छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो ।
सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् ।
कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: