
काठमाडौँ – विगत लामो समय देखि मनी ट्रान्सफर सम्बन्धी सेवा उपलव्ध गराइरहेको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. ले विभिन्न समयमा विभिन्न प्रकारका सामाजिक कृयाकलापमा भाग लिई सहयोग गर्दै आएको छ भने विभिन्न प्रकारका चाड पर्व लक्षित उपहार योजना समेत सन्चालन गर्दै आइरहेको छ । यसै सिलसिलामा २०७४ सालको विजयादशमी एवं शुभ–दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस ” उपहार योजना सार्वजनिक गरेको थियो ।
यस उपहार अन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रेमिटान्स रकम पठाए वापतमा दैनिक रुपमा एक जना भाग्यशाली विजेताले एक तोला चाँदीका सिक्का , क्याप , टी सर्ट र किरिङ्ग , साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोवाईल र हरेक महिनामा एक जना भाग्यशाली विजेताले एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने र उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेतालाई बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार प्राप्त गर्ने घोषणा भएको थियो । यस उपहार योजनाको अबधी २०७४ साल भाद्र १८ गते देखि मंसिर १५ सम्मको थियो ।
यस उपहार योजना अबधीमा दैनिक उपहार योजना अन्तर्गत ९० जना सेवाग्रीले एक तोला चाँदीका सिक्का , क्याप , टी सर्ट र किरिङ्ग , साप्ताहिक रुपमा १२ जनाले ओप्पो मोवाईल र मासिक रुपमा ३ जना एलजी रेफ्रिजिरेटर प्राप्त गर्न सफल भै सकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेताको छनौट गरिएको थियो । अन्त्यमा मिति २०७४ साल मंसिर २८ गतेका दिन यस कम्पनीको ब्राण्ड एम्बासडर श्री सिताराम कट्टेल (धुर्मुस) र यस कम्पनीका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डनद्वारा सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा (Facebook Live) कार्यक्रमको आयोजना गरी उक्त उपहार योजनाकोे बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार को विजेताको छनौट गरिएको थियो । सो लक्की ड्र मा साउदी अरबको टेलीमनीबाट जमन तामाङ्गले आफ्नी श्रीमती ईलाम निवासी बिमला देवी तामाङ्गलाई पैसा पठाए वापत विजेता छानिनु भएको छ । निज बिमला देवी तामाङ्गले बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सफल हुनु भएको छ । सो कुराको जानकारी सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. का प्रबन्ध निर्देशक श्री चन्द्र टण्डनले गराउनु भयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्