
काठमाडौँ – झापाबाट उदाएर कांग्रेसभित्र प्रभावशाली छवि र स्थान बनाएका नेता कृष्णप्रसाद सिटौलाका लागि यसपटकको निर्वाचन विर्सनलायक रह्यो, उनी आफै त हारे नै, गृहजिल्लाका अन्य उम्मेदवारको हारको अपजस पनि उनकै थाप्लोमा आईलागेको छ ।
झापा क्षेत्रनम्बर ३ मा उम्मेदवार बनेका सिटौला राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।
क्षेत्रनम्बर १ बाट युवा नेता विश्वप्रकाश शर्मा पराजित हुनुमा सिटौलाकै भूमिका रहेको आरोप पनि लागेको समाचारमा उल्लेख छ । शर्मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।
‘युवा नेता विश्वप्रकाश शर्माको पराजयमा सिटौलाकै भूमिका मुख्य रहेको भन्दै कार्यकर्ता पंक्ति आक्रोश व्यक्त गरिरहेको छ । त्यसैले अन्य उम्मेदवार पार्टीको हारपछि निराश भएका कार्यकर्तालाई भेट्दै हिँडिरहँदा सिटौला भने काठमाडौं गइसकेका छन् ।
तर, जिल्लाका नेताकार्यकर्ता भने उनीविरुद्ध सार्वजनिक रुपमै आक्रोश पोख्दै हिँडिरहेका छन् ।’ आजको नागरिक दैनिकमा यो खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्