×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं १ बाट कांग्रेसका लागि आयो खुसीको खबर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौं १ बाट कांग्रेसका लागि आयो खुसीको खबर

२२ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि मात्र मतगणना सुरू भएको क्षेत्रहरूको प्रारम्भिक मत परिणाम आउन थालेको छ।
अहिलेसम्म काठमाडौं क्षेत्र नम्बर १ र ५ को मतपरिणाम सार्वजनिक भएको छ। क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार प्रकाशमान सिंह अघि छन् भने उनका प्रतिस्पर्दी विवेकशील साझाका रविन्द्र मिश्रले उनलाई पछ्याइरहेका छन्।
२ हजार मत गणना हुँदा सिंहको ९ सय ४० र मिश्रको ६ सय ७५ आएको छ। वाम गठबन्धनका तर्फबाट माओवादीका अनिल शर्माको भने २ सय ६८ मत आएको छ।
काठमाडौंको क्षेत्र नम्बर ५ बाट वाम गठबन्धनका एमाले नेता इश्वर पोखरेल अघि छन् भने  काँग्रेसका प्रकाशशरण महत भने दोस्रो स्थानमा छन्। पोखरेलले ६ सय ८० ल्याएका छन् भने महतले २ सय ९८ मत ल्याएका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी