
काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ जारी मतगणनामा निरन्तर पछि परिरहेका छन्।
प्राप्त पछिल्लो मतगणना अनुसार कांग्रेस उम्मेदवार श्रेष्ठले ९ हजार ३ सय ९० मत पाएका छन् भने एमालेकी पद्मा कुमारी अर्यालले १२ हजार १ सय ४२ मत ल्याएकी छन्।
विवादका कारण स्याङ्जामा मतगणना ढिला सुरु भएको थियो। अहिले मतगणना जारी छ।
यसैबीच समानुपातिकतर्फको २४ लाख मतगणना हुँदा एमाले कांग्रेसभन्दा झन्डै ६० हजार मतले अगाडि छ।
मंगलबार बिहानसम्म गणना भएको २३ लाख ९९ हजार ८ सय ५१ मतमध्ये एमालेले ८ लाख ८१ हजार ८ सय ३२ मत पाएको छ भने कांग्रेसले ८ लाख २४ हजार ४ सय ४४ मत पाएको छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३ लाख ५८ हजार ५ सय ५५ मत पाएको छ। चौथो स्थानमा संघीय समाजवादी फोरम छ। फोरमले ६२ हजार ४ सय ४१ मत पाएको छ।
विवेकशील साझा ५० हजार ४ सय ५३ मत ल्याएर पाँचौं स्थानमा छ। राप्रपाले ४६ हजार ९ सय ५६, राजपाले ४० हजार ५ सय १५ र नयाँ शक्तिले ३० हजार ३ सय ८९ मत पाएका छन्। मतगणना जारी छ।
यसैगरी प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा थोरै महिला निर्वाचित भएकाले अव पार्टीहरूले समानुपातिकका बहुसंख्यक सिटमा महिला सांसद निर्वाचिनत गर्नुपर्नेछ।
संविधानमा संघीय संसदको ३३ प्रतिशत महिला हुनैपर्ने बाध्यकारी व्यवस्था छ। यदि प्रत्यक्षतर्फ कम महिला सांसद निर्वाचित भए भने त्यसको क्षतिपूर्ति समानुपातिक र राष्ट्रिय सभाबाट गर्नुपर्छ।
संघीय संसदमा प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाको ५९ गरी ३३४ सांसद निर्वाचित हुन्छन्।
अहिलेसम्मको मत परिणाम अनुसार यसपाली जम्मा ५ जना मात्र महिला सांसद निर्वाचित भएका छन्। ती मध्ये तीन जना माओवादी केन्द्र, एक जना एमाले र एक जना राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका हुन्।
एमालेका दुई जना महिला उम्मेद्वारहरू प्रतिस्पर्धा गरेको सुनसरी ३ र स्याङ्जा २ को मतगणना जारी छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्