×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाम गठबन्धन टुक्राउने काँग्रेसको प्रयास, शशांक कोइरालाले गरे यस्तो खुलासा

PRIME CA

वाम गठबन्धन टुक्राउने काँग्रेसको प्रयास, शशांक कोइरालाले गरे यस्तो खुलासा

१६ पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

पोखरा  – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बम गठबन्धन टुक्राउने सम्बन्धि कुरा खुलासा गरेका छन् । उनले एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण हुन नदिन पहल गर्ने बताएका छन् । आइतबार पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वाम गठबन्धनबाट छुटाउन प्रयास थालिने बताए ।
‘पुष्पकमल दाहाललाई गठबन्धनबाट अलग्याउने कुरा उठ्या छन्’, उनले भने, ‘साथीहरुले कुरा गर्नुपर्यो भन्या छन्, म कुरा गर्ने मनस्थितिमा छु ।’ र साथै वामगठबन्धनबाट दाहाललाई अलग्याउन सके कांग्रेसलाई रणनीतिक सफलता मिल्ने कोइरालाको दाबी छ ।
निर्वाचनमा कांग्रेस पराजित हुनुको अपजस पार्टी सभापति शेरबहादुर देउवालाई मात्र नदिन पनि उनले कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ‘पार्टी सभापतिलाई आरोप लगाउनुभन्दा कहाँ त्रुटि भएको छ, हेर्नुपर्यो’, कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘त्रुटिहरु धेरै छन् । टिकट वितरणमा त्रुटि भएको छ । मूल्यांकन गर्ने हाम्रो क्षमता कमजोर रहेछ ।’
अबको ५ वर्षसम्म आफू पार्टी सुधारमा केन्द्रित हुने प्रतिवद्धता पनि कोइरालाले व्यक्त गरे । ‘पार्टीलाई चुस्त, दुरुस्त पार्ने मेरो भूमिका हुन्छ, मलाई न प्रधानमन्त्री बन्ने मन छ न पार्टी सभापति’, उनले भने, ‘बिपी कोइरालाले स्थापना गरेको पार्टीमा सुधार ल्याउँछु, त्यो गरें भने मेरो जीवन सफल भयो भन्ने म ठान्छु।’
अबको १० दिनभित्र पार्टीको केन्द्रीय समिति बैठक बसेर निर्वाचनको समीक्षा गर्ने कोइरालाले बताए । संसदमा अब कांग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने कोइरालाको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: