
काठमाडौं – गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निकै ठुलो हार बेहोरेको नेपाली काँग्रेस भित्र अहिले चरम विवादमा चर्किन थालेको छ । जसले गर्दा नेताहरुले तलदेखि माथीसम्म एक अर्को प्रती दोसारोपण गरिरहेका छन् ।
यस्तै चुनावको परिणाम आएपछि समिक्षा गर्न वीरगञ्जमा बसेको बैठकमा कांग्रेस पर्साका नेता–कार्यकताीबीच कुटाकुट भएको छ । पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्द कुमार गुप्तालाई अर्का नेता ईम्तीयाज आलमका सर्मथकहरुले कुटेका हुन् । पर्सा कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार उनीहरुबीच कार्यक्रमको अध्यक्षता कसले गर्ने भन्ने विषयमा सुरु भएको विबादले चर्को रुप लिँदा कुटाकुट भएको हो ।
केहिदिन अघि भएको पर्सा क्षेत्र नं ३ को भेलाले पार्टीका नेताहरुको असहयोगका कारण चुनावमा हार ब्यहोर्नु परेको निष्कर्ष निकालेको थियो । चुनावमा असहयोग गर्ने नेताहलाई तत्काल कारवाही हुनुपर्ने माग कार्यकर्ताको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्