×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समानुपातिकमा एमालेको अग्रता, काँग्रेस पछिपछि (ताजा अपडेट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

समानुपातिकमा एमालेको अग्रता, काँग्रेस पछिपछि (ताजा अपडेट)

Artha Sarokar

२६ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रत्यक्षमा सबै भन्दा बदी सिट जितेको एमाले समानुपातिकतर्फ पनि सुरुदेखि नै अग्रतामा रहेको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । समानुपातिकमा एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने नेकपा माओवादी केन्द्र तेस्रो शक्ति बन्ने देखिएको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले ९ लाख ३६ हजार ४ सय ४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ भने कांग्रेसले ८ लाख ७८ हजार ८ सय २४ मत हासिल गरिसकेको छ र त्यस पछि माओवादी केन्द्रले तीन लाख ८५ हजार ४ सय ३४ मत बटुलेको छ ।
प्राप्त जानकारी अनुसार  संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको छ । बिहान १० बजे देखि मात्र चितवनमा  समानुपातिकतर्फको मतगणना सुरु हुने भएको छ । मतगणना भरतपुरस्थित चितवन उच्च माविमा हुने जानकारी चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु हुने समयभित्र उम्मेदवार तथा दलका प्रतिनिधिहरुलाई उपस्थित हुन भनेको छ । मुख्य निर्वाचन अधिकृत शर्माले उम्मेदवार तथा प्रतिनिधि तोकिएकै समयमा उपस्थित नभए पनि गणना अघि बढने जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी