
डडेल्धुरा – डडेल्धुराको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम प्रहार गरिएको छ । शुक्रबार बिहान ९ः३० बजेतिर अज्ञात समुहबाट बम प्रहार भए पछि कर्मचारी र प्रहरीको भागाभाग भएको छ।
बम विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा क्षति भएको र मतपेटिका भने सुरक्षित रहेको इलाका प्रहरी कार्यालय, जोगबुडाले जनाइएको छ ।
देशभर अधिकांश जिल्लामा मतगणना जारी रहेको र केही जिल्लाको पूर्ण विवरण आइसकेको अबस्थामा उता डडेल्धुरामा भने मतपेटिका सदरमुकाम ल्याइदै गरेको गाडीमा बम प्रहार भएको छ । अहिलेसम्म १ सय १७ वटा मतदान केन्द्र मध्ये ७६ मतदान केन्द्रका मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याइएको छ भने ४१ वटा केन्द्रका मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत डा रमेशप्रसाद रिजालले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्