
काठमाडौं – लक्ष्मी बैंकले नर्भिक प्रिभिलेज डेविड कार्ड ल्याएको छ । विद्यमान खातावालाहरुले आफ्नो कार्डलाई बैंकले तोकेको न्यूनतम रु. ५००० मौज्दात कायम गरी उक्त प्रिभिलेज कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । त्यस्तै बैंकमा खाता नभएका ग्राहकहरुले लक्ष्मी बैंककमा खाता खोली रु २५० माग्रिन इ–बैंकिङ्गप्याकेजको सुविधा सहित सम्पूर्ण इ–बैंकिङ्ग सुविधाको साथ प्रिभिलेज कार्ड पनि प्राप्त गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रिभिलेज कार्ड बाहकहरुलाई नर्भिक हस्पिटले आफ्ना हेल्थप्याकेजहरुमा, रेडियोलोजी, प्याथलोजी, सर्जरी, नन् इन्भासिभ कार्डियोलोजी, सिटि/एम आर आइएवं म्यामोग्राम परीक्षण तथा वेड शुल्कमा छुटको व्यवस्था मिलाएको छ ।
उक्तको कार्ड “3 Tesla MRI and the most advanced 128 Slice CT Scan facility” का उद्घाटन समारोहमा हस्पिटलका अध्यक्ष वसन्तकुमार चौधरी तथा लक्ष्मी बैंकका प्रमुखकार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा गरे । यससँगै हस्पिटलको सम्पूर्ण उपचार सेवा न्यूक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्