
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भावी प्रधानमन्त्री को बन्ने भन्ने ‘फिक्स’ भइसकेकोको खुलासा गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो खुलासा गरेका हुन् ।
देउवाले भने ,‘यो चुनावमा कांग्रेसको बहुमत आउँछ । कांग्रेसको नेतृत्वमा फेरी सरकार बन्छ, सरकारको नेतृत्व म गर्छु ।’ उनले अबको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउँने दावी गर्दै बामपन्थीहरुलाई जनताले भोट नहाल्ने पनि ठोकुवा गरे ।
देउवाले आफ्नो जित सुनिश्चि भैसकेको ठोकुवा गर्दै अघि भने,‘अरु जिते माननीय हुने हो, म जिते प्रधानमन्त्री हुन्छु, सुदुरपश्चिमको को प्रधानमन्त्री हुन्छ ? म त प्रधानमन्त्री भैसकें, अब पनि प्रधानमन्त्री म नै हुँ, मेरो जित भैसक्यो ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले अब देउवा अन्तिम प्रधानमन्त्री भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै देउवाले भने,‘म त फेरि पनि प्रधानमन्त्री बन्ने फिक्स भैसक्यो, बरु ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न । किनकी बहुमत हाम्रो आउने सुनिश्चित् छ ।’
निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरि आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख गर्दै देउवाले भने,‘संविधान धेरै राम्रो छ, यो संविधान कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण हो, २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायी रुपमा गण्तन्त्र कार्यान्वयन भएर जान्छ । देउवाले चुनाव गराउँदै भन्ने झुटा कुराहरु भए, संविधान कार्यान्वयन त मैले गराएर छोडें । संविधान कार्यावयनसँगै अब मुलकु समृद्धिको यात्रामा अघि बढ्छ ।’
भोट हालेपछि पनि चुनाव सारेको सपना देख्नेहरु रहेको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रति व्यंग्य गरे । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले कम्युनिष्ट शासन ल्याउन खोजेको उनको आरोप थियो । उनले थपे,‘कम्युनिष्ट शासन आउनु भनेको यो संविधान च्यात्नु हो, आदिवासी, जनजाति, महिला, थारुहरुको हितमा अहिलेको संविधान छ, यो राम्रो छ, तर उनीहरुको शासन आयो भने समावेशीतालाई खत्तम पार्न खोजेको हो ।’
जनताले कम्युनिष्ट शासन नरुचाउने उनको तर्क थियो । ‘कम्युनिष्ट शासन आउनु भनेको महिलाहरुको अधिकार खोसिने हो, जनताको अधिकार खोसिने हो, दलितहरुको अधिकार खोसिने हो, राष्ट्रपति पद्धतीमा जानु भनेको अधिकार खोसिनु हो, यो कुरा जनतलो बुुुझिसक्या छन, त्यसैले उनीहरुको पक्षमा किन भोट हाल्ने ? जनताले कांग्रेसलाई नै भोट हाल्छन् ।’
नेपालको विकास कांग्रेसको कारण भएन भनेर एमाले र माओवादी केन्द्रका नेताहरुले आरोप लगाउनु नै गलत भएको देउवाको टिप्पणी थियो ।
‘नेपाली कांग्रेसबाहेक कसले विकास गर्यो, पहिला एउटा एयरलायन्स थियो अहिले कतिवटा छन्, यो कसले गरेको हो ? पहिला एउटा विश्वविद्यालय थियो, अहिले कति वटा छन् ?, मेडिकल कलेज हेर्नुहोस, सडकहरु कसले गाउँगाउँ पुर्यायो श्र कालोपत्र बाटो, वीचमा हिँसात्मक द्धन्द्ध नभएको भए धेरै विकास हुन्थ्यो ?’
उनले आफूले सुदुरपश्चिमको विकासको लागि धेरै काम गरेको विश्वास दिलाए । ‘मसँग विकासका गुरुयोजनाहरु धेरै छन्, सुदुरपश्चिमका गाउँगाउँमा रोड पुगेको छ । गउदेखि बजारसम्मको बाटोहरु बनेका छन्, किसानहरुले आफ्ना उत्पादन अब गाउँमा बेच्न पाउन्, गाउँठाउँमै बाटो होस् । घरमै बजार आयो, कृषकहरुको देश भएकोले उनीहरुको सहजताका लागि कच्ची बाटाहरुलाई अब पीच बनाईन्छ ।’
प्रधानमन्त्री देउवाले नेपालका कम्युनिष्टहरुले विकास गर्नुको साटो सपना मात्रै बाँडेको आरोप लगाए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्