
काठमाडौं – राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी अध्यादेश जारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई दबाब दिइरहेको बेला कांग्रेसका केही नेताहरू भने राष्ट्रिय सभामा आफूलाई समेट्नु प¥यो भन्दै लविङ शुरू गरेका छन् ।
यसरी राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बन्न चाहने कांग्रेसका कुनै चानचुने नेता नभएर भावि प्रधानमन्त्री हुँ भन्दै प्रतिनिधिसभाको गत मंसिर २१ गतेको निर्वाचनअघि भाषण गर्दै र गराउँदै हिँड्ने शीर्ष नेता भन्न रूचाउने रामचन्द्र पौडेल र विमलेन्द्र निधि हुन् ।
आफूहरूले राष्ट्रिय सभाको सदस्य भएर सांसदको लोगो लगाउन नपाए कांग्रेस धराशयी हुने, लोकतन्त्र खतरामा पर्ने र संविधान नैं कार्यान्वयन नहुने भन्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई उनीहरूले धम्क्याउन थालेका छन् । आफूलाई अपराजित र लोकप्रीय नेता भनेर सँधै दाबी गरिरहने कांग्रेस नता रामचनद्र पौडेल तनहुँ दुईबाट र आफूलाई मधेशको मसिहा ठान्ने विमलेन्द्र निधि धनुषा तीनबाट राजेन्द्र महतोसँग लज्जास्पद हार बेहोरेका छन् । पौडेल र निधि दुवैलाई आफू पराजित भएको, पार्टी पराजित भएको र राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी अध्यादेश जारी नगर्दा उत्पन्न हुने सम्भावित संवैधानिक संकटको बिषयमा कुनै चिन्ता गरेका छैनन् । दुवै नेताको चिन्ता यतिवेला राष्ट्रिय सभामा आफूहरूलाई देउवाले उम्मेदवार बनाएर सांसद बनाउलान वा नबनाउलान भन्नेमा चिन्ता छ ।
निधिले प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई २०७० सालमा संविधान जारी गर्ने वेलामा प्रदेशको सीमा र सख्याको बिषयमा असहमति र असहयोग गरेका थिए । उनैले प्रहरी महानिरिक्षक नियुक्ति प्रकरण, प्रधानन्यायाधीश महाभियोग प्रकरण र लोकमानसिंह कार्की महाभियोग प्रकरण र भारतले नेपालमाथि लगाएको नाकाबन्दीको बिषयमा देउवालाई असहयोग गरेका थिए । उनले पछिल्ला दिनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधामन्त्री पदबाट राजिनामा दिन नलगाएको भए एमाले र माओवादीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेल नहुने र निर्वाचनमा पराजय समेत भोग्नु नपर्ने तर्क गरेका छन् । उनले देउवाले प्रधानमन्त्री पद लिनु नैं कांग्रेस पराजयको कारण हो भन्दै कांग्रेसका नेता, कार्यकर्ता र केन्द्ीय सदस्यहरूलाई भन्दै हिँडेका छन् । निधिले आफू उपप्रधानमन्त्री तथा गृह मन्त्री भइरहेको भए आम्दानी गर्न पाईने, देउवाको अधिकार कटौति गर्न सकिने र आफू शक्तिशाली हुने उदेश्य राखेका थिए । निधिले मधेशवादी दल फोरम र राजपासँग तालमेल गर्ने घोषणा गरेको तर कार्यान्वयन गर्न नसकेको आफ्नो कमजोरीलाई भने स्वीकारेका छैनन् । उनले राप्रपासँग तालमेल गरेर कांग्रेसलाई घाटा हुने काम गरेका थिए ।
पार्टी पराजयको खोजी गर्ने र सुधार गर्न सकिने बिषयमा कांग्रेसका यूवा नेताहरूले छलफल चलाई रहेको बेला आफूलाई भावि प्रधानमन्त्रीको दावी गर्ने रामचन्द्र पौडेलले देउवासँग त्यस्तो कुनैं गुनासो गरेका छैनन् । उनले राष्ट्रिय सभामा आफूलाइृ नलगे देउवाबिरूद्ध गगन थापालाई उचाल्ने चेतावनी दिएका छन् । पौडेलले आफू सांसद नभए आफ्नै गुटबाट महामन्त्री भएका डा. शसांक कोइराला पार्टीमा हावी हने भन्दै सांसद पद चाहियो भन्दै देउवासँग अनुनय विनय गरिरहेका छन् । पौडेलको यस्तो पद लोलुपतलाई बुुझेका देउवाले पनि निर्वाचनमा पराजय भोगेको कांग्रेसको केन्द्रीय कार्य समिति बैठक करिव दुई सातासम्म पनि बालाएका छैनन् । निर्वाचनको परिणामलाई लिएर यूवा नेता गगन थापा, धनराज गुरूङ, कल्याण गुरूङ, बद्री पाण्डे, गुरूराज घिमिरे, सुरेन्द्र पाण्डे, रामहरि खतिवडा लगायतले पार्टीको नीति र नेतृत्व परिवर्तन गर्नु पर्छ भन्दै अभियान चलाए पनि देउवा इत्तरको बेग्लै गुट चलाएका पौडेलले भने देउवाको विरूद्ध चुइँक्क पनि बोल्न सकेका छैनन्।
कांग्रेस नेता पौडेलसँग प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगका नुवाकोटे नेताहरू डा. रामशरण महत र अर्जुननरसिंह केसी, मोरङका महेश आचार्यहरूले सांसद हुनु प¥यो भन्दै देउवाको चाकडीमा लागेका छन् । उनीहरूलाइ पार्टीले पराजय बेहोरको बिषयमा कुनैं चिन्ता नभएको रर छलफल समेत आवश्यक भएको भन्ने बिषयमा कुनैं माग समेत राखेका छैनन् । – जनप्रहार साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्