Skip to content
LAXMI SUNRISE BANK

मुख सम्हालेर बोल्न सुझाव दिएका दीपसिखाले बालकोट पुगेर ओलीलाई के भने ?

अर्थ सरोकार

काठमाडौं – वाईसीएलका अध्यक्ष दीपसिखाले एमाले अध्यक्ष केपी ओलीलाई सामाजिक सञ्जाल फेसबुकबाट मुख सम्हालेर बाेल्न सुझाव दिएका थिए । अध्यक्ष दीपसिखा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकाे छ ।
बालकोट पुगेकाे दीपसिखा र उनका टाेलीले ओलीलाई छिटोभन्दा छिटो पार्टी एकता गर्न आग्रह गरेका छन् । काँग्रेसको शासनबाट देशले मुक्ति पाएको भन्दै जनमतको सम्मान गरेर देशलाई विकासको बाटोमा लैजान वाइसिएलले ओलीलाई भावीप्रधानमन्त्रीका रुपमा शुभकामना पनि दिएको छ ।
उनीहरुले देशको विकास र समृद्धिका लागि आफूहरु जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । वाइसिएलका उपाधक्ष वीरु तामाङले भने- ‘प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं तपाईंको नेतृत्वमा पसिना बगाउन तयार छौं ।’
ओलीले पार्टी एकता हुँदा कोही नेतालाई अाफु समितीमा पर्दिन कि भन्ने चिन्ता भन्दा पनि देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुन आग्रह गरेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK