Skip to content
LAXMI SUNRISE BANK

EXCLUSIVE : सेञ्चुरीको सीइओ बन्ने अनिल शाहको कानुनी आधार सकियो, अव के हुन्छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मेगा बैंकमा कार्यकाल नथप्ने पक्का भएपछी हतार-हतार सेञ्चुरीसँग सीइओ बन्ने करार गरेका अनिल शाहको सेञ्चुरी जाने सपना तुहिने संकेत देखिएको छ । अनिल शाहले सेञ्चुरीसँग गरेको सम्झौतानै गैरकानुनी भएको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि नेपाल राष्ट्र बैंकले यसमा विशेष चासो देखाएको थियो । अन्तत: अनिल शाह र सेञ्चुरी बैंकले गरेको करार ‘गैरकानुनी’ भएको पुष्टी भएपछी राष्ट्र बैंकले अनिल शाहले सेञ्चुरीसँग गरेको करार अनुसार तलव दिन नहुने धारणा घुमाउरो पारामा राखेपछि अनिल शाहको सेञ्चुरीको सीइओ बन्ने सपना तुहिएको हो । नियम अनुसार बोर्डसँग सीइओले गरेको करारलाई राष्ट्र बैंकले ‘ग्रीन सिग्नल’ दिनुपर्छ । 
तर नेपाल राष्ट्र बैंकमै काम गरेका पूर्व कर्मचारी र अनिल शाहको आक्रामक लविङ भएपनि नियम मिचेर तलव दिने गरी सेञ्चुरी बैंकले दिन लागेको तलव गलत भएको संकेत राष्ट्र बैंकले दिएपछि यतिबेला अव कि तलव घटाएर सेञ्चुरी आउने कि अन्तै विकल्प खोज्ने दोधारमा अनिल शाह रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार हिसाब गर्ने हो अनिल शाहले अधिकतम ९ लाख ९ हजार पांच सय १८ रुपैयाँ २६ पैसा मासिक तलव खान पाउने हो ।

अनिल शाह र सेञ्चुरी बैंकले गरेको करार ‘गैरकानुनी’ भएको पुष्टी भएपछी राष्ट्र बैंकले अनिल शाहले सेञ्चुरीसँग गरेको करार अनुसार तलव दिन नहुने धारणा घुमाउरो पारामा राखेपछि अनिल शाहको सेञ्चुरीको सीइओ बन्ने सपना तुहिएको हो ।

तर सो नियमको बर्खिलाप गर्दै मेगा बैंकबाट सेञ्चुरी छिरेका अनिल शाहले गैरकानुनी रुपमा तलव लिने सम्झौता गरेका छन् । उनले सेञ्चुरीमा राष्ट्र बैंकले जारी गरेको निर्देशनभन्दा बढी तलव खाने गरी सम्झौता गरेका छन् । अर्थ सरोकार डटकमले ‘क्यालकुलेसन’ सहित शाहको तलव गैरकानुनी भएको खबर ब्रेक गरेपछि राष्ट्र बैंकले यस विषयमा चासो देखाएको थियो ।


अनिल शाह अहिलेकै करारसहित सेञ्चुरी जाने कानुनी आधार सकियो, अव के हुन्छ ?
नेपाल राष्ट्र बैंकले घुमाउरो पारामा अनिल शाहलाई करार गरिएकै तलव दिएर सीइओ नबनाउनु भन्ने संकेत दिएपछि शाहको सोहि करार अनुसार तलव लिएर  सेञ्चुरीको सीइओ बन्ने कानुनी आधार सकिएको हो । यसो त नियुक्ति दिनेले नै व्यहोर्नेगरी शाहको तलव त्यति नै कायम गर्न सक्ने आधार पनि नभएको होइन । तर त्यो ‘रिस्क’ लिन कोहि पनि नचाहने र अनिल शाहका लागि मरिमेट्नु पर्ने स्थिति पनि नभएकाले अव के हुन्छ भन्ने विषयले नेपाली बैंकिङ क्षेत्रमा हलचल मच्चाएको छ ।
अव के हुन्छ ?
यसो त अनिल शाहसंग अव केहि विकल्पहरु मात्र बाँकी छ । सेञ्चुरीसंगको करार भंग गरेर अन्य बैंकमा जाने उनको विकल्प हुन सक्छ भने तलव घटाएर सेञ्चुरी नै जाने अर्को विकल्प उनी अगाडी हुन सक्छ । यस्तो त संचालक समितिसंगको मिलेमतोमा अगाडी बढ्ने विकल्प पनि उनीसंग छ । अव अनिल शाहसँग अन्तिम केहि विकल्पमात्र बाँकी छ । ती विकल्प निम्नानुसार छन् :
१. पहिलो विकल्प अनिल शाहले आफ्नो साख राख्न नियुक्ति गर्नेले व्यहोर्ने गरी डकुमेन्ट तयार गर्ने, पछी हिसाव मिलाउने ।
२. तलव घटाएर सेञ्चुरी बैंक जाने ।
३. यहि बेला नबिल बैंकको सीइओ खाली भएको छ । राम्रै लवीङ  गरेर त्यतातिरको सीइओ बन्न खोज्ने ।

सेञ्चुरीसंगको करार भंग गरेर अन्य बैंकमा जाने उनको विकल्प हुन सक्छ भने तलव घटाएर सेञ्चुरी नै जाने अर्को विकल्प उनी अगाडी हुन सक्छ । यस्तो त संचालक समितिसंगको मिलेमतोमा अगाडी बढ्ने विकल्प पनि उनीसंग छ । 

नबिल सकारात्मक भएको संकेत !
यता नबिल बैंक भने अनिल शाहलाई ल्याउन समेत सकारात्मक भएको बुझिएको छ । नबिलका एक संचालकले अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै अनिल शाहलाई पनि ल्याउन सकिने बारे आन्तरिक छलफल भएको तर अनिल शाहलाई भने यस विषयमा औपचारिक प्रस्ताव नराखिएको बताएका छन् । शाह नबिल गए भने उनको पनि ‘सेफल्याण्ड’ हुने देखिन्छ भने नबिलले पनि आफ्नै प्रोडक्ट सीइओको रुपमा पाउनेछ । तर शाह नबिल गएभने नबिलको स्तर निकै खस्कने विश्लेषण पनि जानकारहरुले गरिरहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK