
वीरगंज – वीरगंज महानगरपालिका भवानीपुरस्थित सुपर ग्यास उद्योगमा विहान ६ बजेदेखि लागेको आगो अपरान्ह तीन बजे नियन्त्रणमा आएको छ । बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीवासीको ९ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो।
आगलागी नियन्त्रणमा आएसँगै सुरक्षाकर्मी उद्योगभित्र प्रवेश गरेका छन्। आगलागीबाट बारुणयन्त्रका कर्मचारी यादवप्रसाद अधिकारी र मधुसुदन मिश्रको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भारतबाट ल्याइएको ग्यास बुलेटबाट उद्योगको ट्याङ्कीमा ग्यास भर्ने क्रममा आगलागी भएको थियो। मंगलबार राति उद्योगमा ग्यास बुलेट बोकेर ४ वटा भारतीय बुलेट आएका थिए।
ती मध्ये एउटा बुलेट आगलागीबाट ध्वस्त भएको छ भने तीन वटा बुलेटका भने टायरमात्र जलेका छन्। त्यस्तै आगलागीबाट ग्यास ओसार्न प्रयोग गरिने दुई वटा मिनिट्रक पनि ध्वस्त भएका छन्। घाइते मध्ये दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने एक जनाको वीरगंजमा उपचार भइरहेको छ। उद्योगमा आगलागी भएपछि आसपासका सुखचैन, पटेलनगर, जगरनाथपु, ईनार्वा, भवानीपुर, मनियारी, प्रसौनीविर्तालगायतका गाउँका बासिन्दा बस्ती छाडेर भागेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्