
काठमाडौं – गत साता काठमाडौंको बुढानिलकण्ठस्थित चप्पली हाईटमा कांग्रेस नेता एवं काठमाडौं ४ का उम्मेद्वार गगन थापासमेत घाइते हुनेगरी भएको भएको बम बिस्फोटको घटनालाई अस्पतालकै डाक्टरहरुले बंग्याउन खोजेको आरोप कांग्रेस कार्यकर्ताहरुले लगाएका छन् । अस्पताल स्रोतले दिएको जानकारी अनुसार एमाले समर्थित डा गोविन्द प्रधानलाइ घटनाको तथ्य बंग्याउन लगाइएको छ ।
यता बम अक्रमणबाट गंभिर घाइते भएका थापा त्रिबि शिक्षण अस्पतालमा उपचार नै नगरी टाउकोमा पट्टी बाँधेर बाहिरिएको, बम बिष्फोटमा घाइते भएकालाई भेटन गएका थापा आकस्मिक कक्षमा रहेका घाइतेको अवस्था बुझेर कार्यकारी निर्देशक डा. दिपक महराको कार्यकक्षमा गई टाउकोमा मलमपट्टी लगाएको जस्ता मनगणन्ते कुराहरु लगाएर कांग्रेसलाइ बदनाम गर्न खोजिएको कांग्रेस कार्यकर्ताहरुले आरोप लगाएका छन् ।
‘गगन जी घाइते भएको सबैलाई थाहा छ । कसैले केहि नहुँदा मलमपट्टी बाँध्छ ? कसैले आफैंले आफ्नै ज्यान दाउमा राखेर बम पड्काउँछ ?’ प्रतिप्रश्न गर्दै कांग्रेस कार्यकर्ताहरु भन्छन्, ‘यो सबै जनता झुक्याउने चाल हो । अस्पतालका डाक्टरले समेत एमालेको पैसा खाएर कांग्रेसविरुद्ध अफवा फैलाईरहेका छन् ।’ यसबाट हामी सबै सजग बन्नुपर्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्