
मलेखु – काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना २ ख ७३११ नं को ट्रकमा जाँचको क्रममा ३८ किलो गाँजाको धुलो बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए ।
ट्रकको क्याबिनभित्र लुकाइछिपाइ गरि साना–साना २२ वटा पोको पारेर राखिएको गाँजा काठमाडौँबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गाडी चालक पर्सा जिल्ला कल्याणपुर गाउँपालिका वडा नं ४ का २७ वर्षीय हृदयनन्दप्रसाद महतोलाई पक्राउ गरेको छ । आरोपी महतोलाई लागुऔषध कारोबार ऐनअनुसार मुद्दा चलाउने प्रहरी उपरीक्षक राउतले जानकारी दिए । गाँजा बोक्ने गाडी र आरोपी महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्