
- सुरज प्याकुरेल
तिमीले ती छिमेकीलाई गफ लाएजस्तै ‘अपार’ गर्छ !
हो, तिम्रो छोरोले आजकल सेयरको ‘कारोबार’ गर्छ ।
कहिले चिलिमेले डुबायो त कहिले इन्सुरेन्सले बचायो र पनि !
लगानी गरीरहन्छ त्यसै मनखुसी सबका कुरा ‘इन्कार’ गर्छ !
छट्टु विश्लेषकको टट्टू गफमा लागेर लगानी गरेपछि,
आजकल एक पेग पिउन पनि साथीको इन्तजार गर्छ !
गाडी चड्ने चहानाले पल्सर बेचेर सेयर किनियो
भन्थे भुवन केसीका भाइहरु बजारले २५०० इन्डेक्स पार गर्छ !
सेयर किनेपछी त आमा, बजारले उत्तानेसँग मित लायो
सपनामा पनि किन किन रातो भुतले चित्कार गर्छ !
बल्ल बल्ल बढ्यो कि भन्यो, बढ्छ २ ले घट्छ ३७
काशी जाउँकि जोगी बनौं यो मनले यस्तै विचार गर्छ
तर पनि कहाँ त्यसै हार्छ आमा तपाईंको छोरो !
हेरौं कति दिनले यो नेप्सेले मलाइ यसरी नै पछार गर्छ !
चुनाव पछी त पक्कै पनि हेर्दै जानुहोस् आमा
बढ्छ नेप्से, कमाउँछ छोरोले सब सपना साकार गर्छ !
किन्छ गाडी, बनाउँछ घर, सेयरबाटै बन्छ जीवन,
अनि तिम्रै रहरकी बुहारी खोजेर धुमधामले विवाह-वार गर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्