×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाखुसीमा गण्डकी विकास बैंकको शाखा खुल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सामाखुसीमा गण्डकी विकास बैंकको शाखा खुल्यो

२७ मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गण्डकी विकास बैकको काठमाडौं स्थित सामाखुशी शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र वैकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे । सो अवसरमा डेपुटी गभर्नर शिवराज श्रेष्ठले गण्डकी विकास बैक एक सवल र सक्षम विकास वैंक भएको र सदैव उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा वैक परिवारलाई हार्दिक वधाइ दिए ।
पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम वढ्दै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने वताए । स्वागत मन्तव्य राख्दै बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैकले प्रदान गर्ने सेवा सुविधा, बंैकका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराए ।
गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक ज्ञानेश्वर पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी एंव नेपाल विकास वैक सघंका अध्यक्ष भरतराज ढकालले शुभकामना मन्तव्य दिए । उक्त कार्यक्रमको संचालन नायव प्रमुख कार्यकारी अधिकृतसमिर शेखर बज्राचार्यले गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी