
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- निर्वाचनपछि ग्याँस, र पेट्रोलको मूल्य बढ्ने तयारी भएको खुलासा भएको छ । यता ग्यास सिलिण्डरको मुल्य बढाउन माग गर्दै ग्यास विक्रेताहरुले पनि आन्दोलन गर्ने तयारी गरीरहेको खुलासा भएको छ । केहि समय अघि पेट्रोलियम पदार्धको मूल्य बढेपनि सरकारले निर्वाचनमा त्यसको असर पर्ने भन्दै मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेको थियो । तर निर्वाचनपछि भने लगत्तै ग्याँस, ग्याँसको सिलिन्डर र पेट्रोलको मूल्य पनि बढ्ने निश्चित भएको स्रोतले अर्थ सरोकार डटकमलाई जानकारी दिएको छ ।
‘ग्यास सिलिन्डरको मूल्य बढाउन भन्दै विक्रेताहरुले आन्दोलनको तयारी गरेका छन् । यसो त उनीहरुको आन्दोलनका बारेमा सरकारपनि अवगत भइसकेको छ । निर्वाचन सकिने बितिकै उनीहरुले आन्दोलन गर्ने र आन्दोलनको बहानामा सरकारले पनि ग्याँसको मूल्य बढाउने तयारी भएको छ ।’ स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । के कति मूल्य बढाउने भन्नेबारे भने बार्गेनिङ भइरहेको स्रोतको दावी छ ।
अर्थ सरोकार डटकमलाई स्रोतले दिएको जानकारी अनुसार निर्वाचनलगत्तै सकेसम्म पेट्रोल, ग्याँस र मट्टीतेलको भाउ बढ्नेछ भने सरकारले बार्गेनिङ गरेको खण्डमा ग्याँस र पेट्रोलको मूल्य भने बढ्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्