
- अर्थ सरोकार सम्बाददाता
सल्यान- चुनावको मिति नजिकिंदै गर्दा पैसाको चलखेल बढ्न थालेको छ । मतदाता किन्न भन्दै जताततै पैसाको खोलो बगिरहेको खबर आइरहेका बेला सल्यानमा पनि यस्तै घटना घटेको छ । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनका ‘दलाल’हरुले मतदातालाई पैसा बाड्न थालेपछी ‘सहिद’ परिवारले पैसामा भोट किन्न खोजेको भन्दै उनीहरुलाई लखेटेको खबर छ ।
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै शहिद परिवारका एक सदस्यले भने, ‘शनिबार राति पैसा बोकेको टोली प्रदेश सभाको ‘क’ को भल्चौरमा पुगेका छन् । माओवादी केन्द्रका नाम चलेका एक युवा नेताले पैसाको झोला बोकेर राति मतदाताको ढोका ढकढक्याउदै छन् भने उसलाई एमालेका जिल्ला नेताहरुले साथ दिएका छन् ।’ उनका अनुसार राति चारदेखि पाँच जनाको टोली पुगेको थियो । ‘जसरी पनि वाम गठबन्धनलाई जिताउनु पर्ने भन्दै आफूहरुले केही सहयोगस्वरुप खर्च ल्याएका छौं भन्दै पैसा बाँड्न थालिएको छ ।’ उनले भने ।
उक्त टोली शहिद परिवारकहाँ पुगेपछि तनावमा पर्यो । मतदाता किन्न पैसा लिएर हिंडेको भन्दै शहिद परिवारले लखेटेपछी उनीहरु पैसा बोकेरै भागेका थिए । यता माओवादी केन्द्रका बागी उम्मेदवार र नेपाली काँग्रेसले पनि एमाले–माके टोली पैसा बोकेर गाउँ पसेको जानकारी पाइसकेका छन् । जानकारी पाएपछि जताततै चर्चा भएपनि सबैको मुख पैसाले बुझो लगाईसकिएकाले कोहि पनि बोल्न तयार नभएको स्थानीयहरुले बताएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्