
घरदैलो अभियनको क्रममा नारायणस्थानस्थित चपली हाइटमा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोटन गराउँदा थापासहित ११ जना घाइते भएका छन्।
विस्फोटनमा परि घाइते भएकालाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये ४ जनाको अवस्था अत्यन्त गम्भीर रहेको र बाँकी सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्।
गम्भीर घाइते हुनेहरुमा बर्ष २७ का जय राज लामिछाने, वर्ष 29 का राजकाजी श्रेष्ठ, वर्ष ३२ की रेनु बरुवाल, र श्याम कृष्ण श्रेष्ठ रहेका छन् ।
त्यस्तै अन्य घाइतेहरु बर्ष ४२ का रोशन राम थापा, बर्ष ४० का ध्रुब खड्का, बर्ष ४७ का पुष्पबहादुर श्रेष्ठ, वर्ष २३ का सुमन खड्का, बर्ष ४० का गगन थापा, बर्ष ४४ का राधिका कार्की, वर्ष ४७ का काशीलाल श्रेष्ठ रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्