Skip to content

घुस लिंदै गर्दा यातायात व्यवस्था कार्यालयका २ कर्मचारी पक्राउ

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

काठमाडौँ – यातायात ब्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचार पक्राउ परेका छन् । घुस लिने क्रममा  नासु यादव पौडेल र खरिदार सुमन पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई २५ हजार घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्र रिजाले जानकारी दिएका छन् ।
उनीहरुले सेवाग्राहिबाट सवारी चालक अनुमतीपत्र ‘लाइसेन्स’ सम्बन्धी काम गरिदिने भन्दै २५ हजार घुस लिएको सहायक प्रवक्ता रिजाले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्