Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको ५५ औँ शाखारहित बैकिङ्ग सेवा याखा चोक, सङ्खुवासभामा

अर्थ सरोकार

काठमाडौँ – ग्लोबल आइएमई बैंकले मिति २०७४ पुस ०४ गते मंगलबार सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ४, याखा चोकमा आफ्नो थप ५५ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल ज्यूले व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरि संखुवासभा जिल्लाको चैनपुर नगरपालिका ४, याखा चोकमा खोलिएको शाखारहित बैकिङ्ग सेवाको उद्घाटन गर्नुभयो । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिरुद्र सिहं लिङ्गखाज्यू लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 
उक्त शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल ज्यूले स्थानिय ९० बर्षिय ज्येष्ठ नागरिक ललुमाया सुबेदि ज्यूको नाममा खाता खोलि व्यक्तिगतरुपमा २,५०० रुपैया जम्मा गरिदिएर उक्त सेवाको कारोबार शुभारम्भ गर्नुभयो । 
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको याखा चोक लगायत त्यस वरपरका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK