
काठमाडौं । ग्लोबाल आइएमई बैंक र भातरको एक्सिस बैंकबीच कारोबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतासँगै एक्सिस बैंकका शाखाहरु मार्फत पठाएको रकम ग्लोबाल आइएमई बैंकका शाखा र आइएमई तथा बेष्ट रमिट मार्फत प्राप्त गर्न सकिने भएको छ ।
बैंकले असोज मसान्तसम्म १ खर्व ४ अर्व ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले ८८ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकका हाल १ सय ८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १ सय २६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।
त्यस्तै, बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापनागरि सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्