Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमईले मेटलाईफ इन्सोरेन्स कम्पनीसंग गरे बैंकाइन्सोरेन्स सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौँ – ग्लोबल आइएमई बैक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्धेश्यले मेटलाईफ इन्सोरेन्स (Metlife)  कम्पनीसंग बैंकाइन्सोरेन्स (Bancassurance) सम्बन्धी सम्झौता गरेको छ ।  

हालै सम्पन्न उक्त बैंकाइन्सोरेन् –Bancassurance_ सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल तथा मेटलाईफ इन्सोरेन्स (Metlife)  कम्पनीको तर्फबाट उपाध्यक्ष एंव कार्यकारी निर्देशक श्री निर्मल काजी श्रेष्ठ ज्यूले  हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंक लि.का ग्राहकहरुले ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नुहुनेछ । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले  हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।  त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गरि आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK