
तनहुँ – निर्वाचनमा कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो पार्टी विरुद्ध भूमिका खेलेर विपक्षी पार्टीलाई जिताउन लागि परेको भन्दै नेपाल काँग्रेस तनहुँले उनलाई र अन्य २ जनालाई कारबाहीको सिफारिस गरेको छ ।
‘पौडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी भन्दै मनोनय दर्ता गराएका जोशीले आयोगले उम्मेदवारी खारेजी गरेपछि विपक्षी पार्टीका उम्मेदवारलाई जिताउन लागेकाले जोशी र उनका समर्थक, प्रस्थावकलाई कारबाही सिफारिस गरेका हौं,’ कांग्रेस तनहुँ सभापति वैकुन्ठ न्यौपानेले भने, ‘उहाँले योजनावद्ध रुपमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलाई हराउन लाग्नुभएको थियो ।’
जोशीसँगै प्रस्थावक, समर्थक हरिशरण पाण्डे र रामवेदव पन्थलाई कारबाही सिफारिस गरिएको पौडेलले जानकारी दिएका छन् । जोशीले सूर्यमा भोट हाल्न आह्वान गर्दै आफ्ना कार्यकर्ताको एमालेलाई सूची बुझाउनेदेखि कांग्रेस पार्टीकैविरुद्ध आत्मघाती काम गरेको आरोप लगाउँदै तनहुँ कांग्रेसको वैठकले जोशीसहित पाण्डे र पन्थलाई कारबाही सिफारिस गरेको हो ।
भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजपछि जोशीले तनहुँ क्षेत्र नम्बर एकका कार्यकर्तालाई ‘हामी कांग्रेस हौं तर यसपाली हाम्रो चुनाव चिह्न सूर्य हुनेछ’ भनेर ह्विप नै जारी गरेको जोशीलाई आरोप लगाइएको छ ।
भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै जोशीविरुद्ध कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिएपछि आयोगले खारेजी गरेको थियो ।पौडेल तनहुँ १ बाट एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएका हुन् । पौडेल झन्डै सात हजार मत अन्तरले पराजित भए । किसानले ३४ हजार ४९२ मत ल्याउँदा पौडेलले २७ हजार ६९० मत पाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्