- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ५४ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर ५४ हजार ६ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्यमा रहेर प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय १७ रुपैयाँ ५ पैसा कायम गरेको छ।