- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला ५४ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ५४ हजार १ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय १३ रुपैयाँ कायम गरेको छ।