- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५४ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ५४ हजार ३ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय १३ रुपैयाँ कायम गरेको छ।