- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५४ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर ५४ हजार ९ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्यमा १० रुपैयाँ बढेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ।