
वीरगन्ज – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लिएर संघीय समाजवादी फोरम नेपालका नेताहरुले प्रचण्डको हात काट्नुको साथै मधेसबाट माओवादी केन्द्रलाई लखेट्ने कडा चेतावनी दिएका छन् ।
पर्साको ठोरीमा मंगलबार भएको सभामा प्रचण्डले ठोरीलाई चितवनसँग गाम्भे भन्दै गरेको भाषणलाई लिएर वीरगन्जमा फोरमका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शनका साथै प्रचण्ड र माओवादी केन्द्रविरुद्ध चर्का नारा लगाएका थिए ।
वीरगन्जमा भएको विरोध प्रदर्सनलाई सम्बोधन गर्दै फोरम पर्साका उपाध्यक्ष सुन्दर कुर्मीले प्रचण्डले अभिव्यक्ति फिर्ता नलिए वीरगन्जबाट माओवादी केन्द्रका नेता–कार्यकर्तालाई लखेट्ने चेतावनी दिए । कुर्मीले गौर हत्याकाण्डलाई संकेत गर्दै भने, “अभिव्यक्ति फिर्ता नलिए फेरि माओवादीले मधेसमा अर्को ठूलो मूल्य चुकाउनु पर्नेछ ।” उनले मधेसमा माओवादी केन्द्रले ठूलो क्षति भोग्नुपर्ने चेतावनी दिँदै बुधबारबाटै वीरगन्जबाट लखेट्ने बताए ।
ठोरीमा मंगलबार भएको सभालाई सम्बोधन गर्दै प्रचण्डले माडीसँगै जोडिएको विकट ठोरीलाई प्रशासनिक सुगमतालाई मध्यनजर गर्दै प्रदेश–३ मा गाभ्न सकिने बताएका थिए । त्यस पछि विरोधपघि घण्टाघर चोकमा भएको सभालाई सम्बोधन गर्दै फोरमका पर्सा उपाध्यक्ष कुर्मीले ठोरीलाई प्रदेश–२ बाट अलग गर्ने प्रचण्डको अभिव्यक्ति मधेस विरोधी भएको आरोप समेत लगाए ।
के हो ‘गौर हत्याकाण्ड’
तत्कालिन नेकपा (माओवादी) ले जनयुद्धमा मधेस र मधेसीको मुक्तिलाई राजनीतिक मुद्धा बनाएका कारण मधेसमा माओवादीको राम्रो जनसमर्थन थियो । त्यसलाई तोड्नको लागि योजनाका साथ उपेन्द्र यादवको नेतृत्वमा रहेको एनजिओलाई राजनीति पार्टीमा रुपान्तरण गरिएको थियो ।
माओवादी भरखर शान्ति प्रक्रियामा आएको थियो । २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिल नजिकै माओवादीले आयोजना गर्न लागेको स्थल नजिकै फोरमले पनि आयोजना गर्यो । माओवादीले पहिलेबाटै घोषणा गरेको उक्त स्थानमा फोरमले कार्यक्रम राखेको थियो ।
माओवादी कार्यक्रममा दिउँसो १ः४५ बजे हतियारधारी फोरमका कार्यकर्ताहरुले माओवादी कार्यकर्तामाथि आक्रमण गरे । सामान्य झडप हुन सक्ने आकलन गरेपनि हतियारसहित फोरम आउला भन्ने माओवादीले अडकल नै गर्न सकेन ।
१५ जनाको हतियारधारी समूहले माओवादी कार्यकर्तालाई लखेटि लखेटी हत्या गर्यो । फोरमले हतियार नै चलाएपछि माओवादी कार्यकर्ताका भागभाग भयो । लखेट्दै लखेट्दै भाला रोपेर माओवादीका २७ नेता–कार्यकर्ताको घटनास्थलमै हत्या गरियो । एक जनाको उपचारको क्रममा मृत्यु भयो ।
स्थानीय प्रशासनले यत्रो घटना हुँदा हेरेर बसेको थियो । उसले आँखै अगाडि माओवादी कार्यकर्ताको हत्या हुँदा समेत कुनै प्रतिक्रिया जनाएन ।
त्यो बेला फोरम अध्यक्ष उपेन्द्र यादव पनि गौरमा नै थिए । चैत्र ६ गते गौर पुगेका यादवले भारतबाट भाडाको मान्छे बोलाएर हत्या गरेको प्रतिवेदनले बताएको थियो । घटनाका मुख्य दोषि यादवलाई भनिएपनि कुनै कारवाही हुन सकेन । माओवादी नेतृत्वको सत्ता स्वार्थका कारण गौर हत्याकाण्डका दोषीले उन्मुक्ति पाए ।
यो घटनापछि माओवादी मधेसबाट डिफेन्स भएको थियो । फेरि गौर घटनालाई फोरम नेताहरुले सम्झाएका छन् । यसले माओवादी नेता–कार्यकर्ताहरुलाई त्रसित र आक्रोसित बनाएको छ ।
के भन्छन् ठोरीबासी
यता ठोरीबासी आफूहरुलाई चितवनसँग सुगमता हुने भन्दै संघर्षमा छन् । उनीहरुले आफूहरुलाई प्रशासनिक कामको लागि वीरगन्ज निकै टाढा भएको बताउँदै चितवनमा जोड्नु पर्ने माग गरेका छन् ।
भारतको सीमासँग जोडिएको ठोरी जान चितवन हुँदै जानुपर्छ । यही अप्ठ्यारोले गर्दा ठोरीबासीले आफूलाई चितवनसँग जोड्न माग गरेपनि सुनुवाई भएको छैन । केन्द्रीय राजनीतिमा ठोरीबासीको पहुँच नभएकै कारण अरुको राजनीतिक फाइदामा उपयोग हुनु परेको हो । साविकको ठोरी, निर्मलवस्ती र सुर्वणपुर गाविस मिलाएर हाल ठोरी गाउँपालिका बनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्