×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता !

२७ मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई र भारतस्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमईका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
आइतवार एक कार्यक्रम बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल, मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
सम्झौता अनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाटनेपाल पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सक्नेछन् । नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नेपाल स्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारत स्थित आरबीएल बैंक सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी