
काठमाडौं – आइएमई जनरल इन्स्योरेन्सले राजधानीको खिचापोखरीमा नयाँ शाखा संचालनमा ल्याएको छ। यो कम्पनीको २३औं शाखा हो। बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले शाखाको उद्घाटन गरे। सो अवसरमासंचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य सदस्यहरुको उपस्थिति थियो।
उद्घाटन कार्यक्रममा चापागाईले लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए। आफ्नो सम्पत्तीको सुरक्षाको लागि बीमा गर्ने बानी बसाल्न उनले सबैलाई आग्रह गरे।
कम्पनीका संचालक समितिका अध्यक्ष ढकालले देशभरी शाखा सञ्जाल विस्तार गरी सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने बताए। कम्पनीका २३ शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३६ स्थानबाट सेवा प्रदान भइरहेको छ।
कम्पनीले निकट भविष्यमा १० बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान गरी यसै आबको अन्तसम्ममा चुक्ता पुँजी ९७ करोड २० लाख पुयाउने बताए। २ महिना भित्र थप १६ शाखा तथा सम्पर्क कार्यालयहरु खोलेर विभिन्न भागमा शाखा संजाल विस्तार गरिने उनको भनाइ छ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले सार्वजनिक विदाको दिनमा पनि सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्सालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्