
- अर्थ सरोकार सम्बाददाता
प्रसङ्ग ‘आइएमइ पे’को गैरकानुनी लोगोको हो । कम्पनीले आइएमइ पेको आफ्नो लोगोमा प्रयोग गरेको ® चिन्ह प्रयोग गर्न योग्य नै नभई रजिष्टर्ड ट्रेडमार्क चिन्ह राखेर गैरकानुनी दावी गरेको छ । नेपालको प्रचलित कानुन अनुसार उद्योग विभागमा ट्रेडमार्क दर्ताका लागि आवेदन दिएपछि करिव एक बर्ष TM चिन्ह मात्र राख्न पाइन्छ । उक्त प्रक्रियाका बीचमा कसैको दावी विरोध नपरेको खण्डमा मात्र ® चिन्ह प्रयोग गर्न पाइन्छ । तर प्रचलित कानुनको धज्जी उडाएर ठुलो हुनुको दादागिरी प्रस्तुत गर्दै आइएमइ ग्रुपले आइएमइ पेको लोगोमा गैरकानुनी ट्रेडमार्क प्रस्तुत गरेको छ । अझ आइएमइ पेमा मात्र कहाँ हो र ? कम्पनीले आइएमइ पे वालेटको लोगोमा पनि यस्तै गैरकानुनी ट्रेडमार्क दावी गरेको छ ।
‘गल्ती’ होइन ‘बलमिच्याई’
यसो त कम्पनीको यो गल्ती वा थाहा नभएर गरेको गल्ती पनि होइन । यो त सरासर बलमिच्याइ हो । आइएमइ ग्रुपकै अर्को कम्पनी आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडले यस्तै गैरकानुनी काम गरेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि कम्पनीले उक्त काम सच्याएको थियो । त्यतिबेला नै कम्पनीले अन्य लोगोमा प्रस्तुत भएका गैरकानुनी ट्रेडमार्क चिन्ह हटाउने अपेक्षा सबैको थियो । तर ‘आइएमइ ग्रुप कानुन भन्दा माथि छ’ भन्ने शैलीमा कम्पनीले यस्तो दादागिरी देखाएको हो । स्रोतका अनुसार कम्पनीका ‘टाउके’हरुले ‘म मिलाउँला, सबै तिर गएको लोगो परिवर्तन नगर्नू’ भन्ने ‘ आदेश दिएपछी आइएमइ पेले आफ्नो लोगोमा रहेको गैरकानुनी चिन्ह यथावत राखेको थियो ।
तर यसअघि पनि आइएमइ जनरल इन्सुरेन्सले गरेको गैरकानुनी काम विरुद्ध विभागले खास कारवाही प्रक्रिया अगाडी बढाउन सकेन । कम्पनीले झारा टार्ने काम मात्र गर्यो । अहिले पनि काठमाडौँका विभिन्न ठाउँहरुमा कम्पनीले गैरकानुनी लोगो सहितको ब्यानर झुन्ड्याएको छ । गैरकानुनी लोगो सहितका होर्डिङ बोर्डहरु ठाउँ ठाउँमा राखिएका छन् । तर कम्पनीले यसमा खास वास्ता गरेको छैन । वास्ता गरेको छैन भन्दापनि नेपालको कानुनको धज्जी उडाएर विधिको शासनभन्दा हामी माथि छौं भन्ने दावी गरिरहेको छ ।
‘यसअघि आइएमइ जनरल इन्सुरेन्स कम्पनीको हकमा पनि तपाईंले यहि प्रश्न सोध्नु भएको थियो । समाचार पनि हाल्नुभयो । विभागमा पनि यसको राम्रै चर्चा भयो । अहिले कम्पनीले अनाधिकृत रुपमा ट्रेडमार्क चिन्ह राखेर नै बोर्डहरु ठाउँ-ठाउँमा राखेको छ । तर हाकिमसापसँग कुरा मिलिसक्यो होला, हामीले के गर्नु सर ?’ उनले अर्थ सरोकार डटकमसँग गुनासो पोखे । ‘त्यसरी लोगो बनाउने बितिकै ® चिन्ह राख्न पाउने भए त हाम्रो के काम छ र ? यहाँ कतिपय कम्पनीहरुले ® चिन्ह नपाएर तनाव भोगिरहेका छन् । कति अदालतीय प्रक्रियामा गएका छन् ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ती कर्मचारीले यसअघि पनि दुखेको पोखेका थिए ।
यसबारे प्रतिक्रिया लिन खोज्दा कम्पनीका सम्बन्धित व्यक्ति हामीसँग सम्पर्कमा आउनै चाहेनन् । आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडको लोगोमा गैरकानुनी चिन्ह राखेर ‘कर्पोरेट अपराध’ गरेको विज्ञापन डिजाइन र रिलिज गर्ने कम्पनीका मालिक फोन स्वीच अफ गरेर बसेका छन् । यता फोन अफ गरेर मिडियालाई झुक्याउने र अर्कोतर्फ भटाभट गैरकानुनी लोगो प्रयोग भएका बोर्डहरु ठाउँ-ठाउँमा झुन्ड्याईएका छन् । सोहि कम्पनीकै मिलेमतोमा आइएमइ पे को काम गर्ने एजेन्सी पनि यस्तै गलत धन्दा गरिरहेको छ । यसो त कम्पनीका हाकिम नै बदमास भएपछी एजेन्सीको यो बाध्यता पनि हो ।
(हामी यस प्रकरणमा निरन्तर फलोअपमा छौं ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्