- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५५ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर ५५ हजार ६ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ६ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३६ रुपैयाँ कायम गरेको छ।