
काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक टुंगो नलागेर सरकार निर्माणमा ढिलाइ भइरहँदा प्रमुख दलका दोस्रो तहका नेताहरु भारतीय दूतावास पुगेका छन् ।
उनीहरु दूतावासका राजनीतिक मामिला विङ्स प्रमुख एस गोपालकृष्णनको बिदाइ पार्टीका सहभागी भएका हुन् । पाटीमा एमाले, कांग्रेस, माओवादी केन्द्र तथा मधेसकेन्द्रित दलका नेता सहभागी थिए ।
बिदाइ पाटी भनिए पनि त्यहाँ राजनीतिक अवस्थाबारे अनौपचारिक छलफल समेत भएको स्रोतले जनाएको छ ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रेहका कांग्रेस नेता प्रकाशशरण महतले दूतावासका राजनीतिक मामिला प्रमुखको बिदाइ कार्यक्रमको निमन्त्रणा आएकाले सहभागी भएको बताए । उनले १५ भन्दा बढी नेता सहभागी भएको जानकारी दिए ।
पार्टीमा एमाले नेता राजेन्द्र पाण्डे, कांग्रेस नेता अमरेशकुमार सिंह, माओवादी नेता प्रभु साहसमेत उपस्थित थिए । आजको कान्तिपुरमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्