
कालिकोट- कालिकोटमा प्रहरी र म्यादीबीच झडप भएको छ । झडपमा परी एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा रास्कोट नगरपालिका वडा नं २ साविकको सिपखाना गाविसका विवेक कुमार ऐडी रहेका छन् । शुक्रबार दिउसो ३ बजेबाट झडप सुरु भएको थियो ।
यस्तै झडपमा परी अन्य दर्जनौ घाइते भएका छन् । पहारीले ८ राउण्ड गोली चलाएको छ भने दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको छ । म्यादी प्रहरीले तलव कटाइएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको हो । झडपपछी कालीकोट सदरमुकाम मान्मा बजारको अबस्था निकै तनावग्रस्त भएको छ ।
दोहोरो झडपपछि यहाका बजार पशल सबै बन्द भएका छन्। आफ्नो तलब काटेर खाइदिएको भन्दै आन्दोलनमा उत्रिएका म्यादीमाथि प्रहरीले गोली चलाएपछि स्थानीय समेत आक्रोशित भएका छन्। आन्दोलनकारी एक जनाको मृत्यु भएपछि आक्रोशित म्यादी प्रहरी र स्थानीयवासीले ढुंगामुढा गर्दै प्रहरी बिट भत्काइदिएका छन् । अहिले प्रहरीले म्यादी प्रहरीको मृत्यु भएको स्थानमा सञ्चारकर्मीहरुलाई समेत जान दिएको छैन ।
म्यादी प्रहरीको प्रदर्शनले उग्र रुप लिदा प्रहरीले लठ्ठी चार्ज र अश्रु ग्यास प्रहार गरेको बताएको छ । प्रदर्शन नियन्त्रण गर्ने प्रयास असफल भएपछि आफुहरुले बाध्य भएर गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
निर्वाचनमामा खटिएका कालीकोटका म्यादी प्रहरीलाई आज विदाई गर्ने कार्यक्रम थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्