
विराटनगर-कपासको व्यवसायमा व्यापारीहरुले राजस्व छल्नेक्रम बढेको देखिएको छ । विराटनगरमा कपास व्यापारको ज्ञाताका रुपमा परिचित व्यवसायी मनोज गोल्छाले आफूले आफ्नै नाममा दर्ता गराएको फर्म नवीकरणसमेत नगरीकन खुलेयाम कपासको व्यापार गरेको रहस्य खुलेसँगै अन्य व्यापारीहरु पनि मुछिएको पाइएको हो ।
कपास व्यापारी मनोज गोल्छाले आफ्नै नाममा २०६७ सालमा ममता इन्टरप्राइजेजको नामबाट कारोबार गरी भ्याट रकम बुझाउने अवस्था आएपछि उक्त फर्मलाई बन्दसमेत नगरीकन त्यसै लामो समयसम्म छोडेपछि कपास व्यापारको रहस्य खुल्न पुगेको छ । विराटनगर महानगरपालिका–३ कञ्चनवाडीबाट कारोबार गर्दै आएका गोल्छाले भ्याट छली गर्नका लागि नै सहोदर दाजु जितेन्द्र गोल्छाका नाममा अर्को फर्म दर्ता गरी कपासको व्यापार चलाएको रहस्य खुल्न पुगेको छ ।
समाचार स्रोतका अनुसार २०६७ सालमा आन्तरिक राजस्व कार्यालय विराटनगरबाट ममता इन्टरप्राइजेजका नाममा ३०३९८८८८१ नम्बरको पान दर्ता कायम भएको देखिन्छ । तर उक्त फर्म दर्ता भए पनि २०७४ सालसम्म आइपुग्दा न त कुनै विवरण नै दिएको छ, न त फर्म नवीकरण नै गरिएको छ । तर उक्त फर्मले झापा जिल्लामा रहेको पशुपति कटन कपास उद्योगबाट कपासको व्यापाक कारोबार गरी लाखौं राजस्व छली गरेको दाबी स्रोतले गरेको छ । व्यापारी गोल्छाले विराटनगरलगायत धरान, इटहरी, बेलवारी, धनकुटा र हिलेसम्म आफ्नो कपासको सञ्जाल नै सञ्चालन गरी बसेको रहस्य खुलेसँगै जाडोको समयमा चल्ने व्यापार अहिले दिन दुगुना रात चौगुनाका रुपमा फैलिएको छ ।
गोल्छाले आफ्नो अनुकूलमा कपासको आयात गर्ने गरेको तथ्य पनि खुल्न पुगेको छ । विराटनगर भन्सारनाकाबाट चालू आवको साउनदेखि चालू मंसिर महिनासम्ममा सात लाख २० हजार मूल्यबराबरको कपासमात्र आयात गरेको जानकारी भन्सारस्रोतले दिएको छ । यसबाहेक उनले मेची भन्सारनाकालाई अत्यधिक प्रयोग गरी कपासको व्यापार गरेको तथ्य पनि खुल्न पुगेको छ । विराटनगरबाट आफ्नो व्यापारको नालीबेली सबै सार्वजनिक हुने भएपछि पछिल्लो समय सहोदर दाजु जितेन्द्र गोल्छाको नाममा अर्को फर्म दर्ता गरी न्यून मूल्यको कपास बिक्री गर्दा बिलबिजक जारी गर्ने गरेको थाहा भएको छ ।
कपास व्यापारका कारोबारी गोल्छाले पछिल्लो समय मु.अ. करमा दर्ता गराएको जैन इन्टरप्राइजेजले न्यून मूल्यको कपास बिक्रीमा बिलबिजक जारी गरेसँगै उनको कारोबार शंकाको घेरामा आएको हो । उक्त जैन इन्टरप्राइजेजले पनि आन्तरिक राजस्व कार्यालय विराटनगरबाट जितेन्द्र गोल्छाको नाममा ३०५२५६२६७ नम्बरको भ्याट दर्ता गराएको छ । उक्त जैन इन्टरप्राइजेज दर्ता कायम भएको तथ्य खुलेसँगै २०६८ सालदेखि नै कपास व्यवसायी गोल्छाबाट लाखांै राजस्व छली भएको तथ्य खुल्न पुगेको छ । आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्