Skip to content
LAXMI SUNRISE BANK

ओलीले २८ हजार ८ सय ८२ मतले जिते चुनाब

अर्थ सरोकार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली भारी मतसहित विजयी भएका छन् । उनले आफ्नो प्रतिद्वन्दी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ८ सय ८२ मतले जितेको छ ।

प्रतिनिधिसभा सदस्यमा ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गरेका छन् भने अधिकारीले २८ हजार २ सय ५७ मतमा सिमित रहे ।

यसअघि ३ नम्बर क्षेत्रबाट नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्‍देन विजयी भएका थिए । उनले ४४ हजार ६ सय १४ मत ल्याएका थिए भने सिटौलाले ३१ हजार १ सय ७१ मत मात्रै पाएका थिए । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK