
काठमाडौँ – हालै सम्पन्न निर्वाचनबाट भएका नब निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गरिने हल्लाले तामझामका साथ एमाले प्रवेश गराउने अध्यक्ष केपी शर्मा ओलीलाई तनाब भएको छ । अध्यक्ष ओलीलाई एकातिर माओवादीसंगको एकतालाई तत्काल टुंग्याउनुपर्ने छ भने अर्को तिर सिलवाल काण्ड रहेको छ । यसले ओलीलाई थप धपेडी परेको छ ।
एमालेको कार्यकर्ता, नेता केही पनि नबन्दै एकै पटकमा सांसद बनेका सिलवाल पक्राउ पर्ने भएपछि एमालेका अरु नेताहरुलाई भन्दा पनि अध्यक्ष ओलीलाई तनाब हुनु स्वाभाविकै हो ।
अहिले प्रहरीको फरार सुचिमा रहेका सिलवाललाई पक्राउ गर्नको लागि प्रहरी प्रलिचालन गरिएको बताइएको छ । यद्दपी उनि भने एमाले अध्यक्ष ओलीको संरक्षणमा उपत्यकामै बस्दै आएका छन् ।
अहिले सांसद रेशम चौधरी र नवराज सिलवाललाइ प्रहरीले पक्राउ गर्ने बिषयले खुब चर्चा पाएको छ । नव निर्वाचित दुवै जना सांसद अर्ध भूमिगत शैलीमा बस्दै आएका छन् । सिलवाल काठमाडौँमै र चौधरी हाल पनि इण्डियामा चौकीदारी गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्