
झापा – ओलीको गृहनगर दमकमा आयोजना गरिएको विजयसभामा युवायुवतीदेखि लिएर वृद्धवृद्धासम्म पनि नाचगानमा झुम्मिरहेका थिए । ओली झापाका अन्य विजयसभामा सरिक हुँदा भन्दा पनि आफ्नै क्षेत्रमा भने दिउँसो ३ बजे आउने भनिए पनि तीन घन्टा ढिलो आइपुगेका थिए ।
विजयसभामा दमक-५ की ८७ वर्षीया फुयाँल लगातार तीन घन्टा सम्म नाचेकी थिइन् । उनले नाच्न नरोक्न आग्रह गर्दै भनिन्, ‘म ८० र ७ वर्ष पूरा भएँ तर अझै नि दह्रो छु । हाम्रा ओलीले भत्ता बढाउँछौं भनेका छन् त्यही भएर खुसीले नाचेकी हुँ ।’
दमक-७ की ८१ वर्षीया योगमाया कटुवालले पनि हर्षले नाचेको बताइन् । विजयसभामा ओलीले भने जनताले दिएको सर्वाधिक मतको भरपुर सदुपयोग गर्ने बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्