
विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् । उनले हाटहुट, लुटलाट गर्ने उद्देश्य राखेर लोकतान्त्रिक गठबन्धन निर्माण भएको दावी समेत गरे ।
आइतबार बिहान विराटनगरको पुष्पलाल चोकमा आयोजित क्षेत्रीय चुनावी सभालाई सम्वोधन गर्दै ओलीले भने, ‘कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धन भनिएको त्यो लोकतान्त्रिक होइन, अलोकतान्त्रिक, यथार्थमा लोकतन्त्र छाडिसकेको गठबन्धन हो ।’
ओलीले लोकतान्त्रिक गठबन्धनले देश विकास गर्न नसक्ने भएकाले आम मतदाता सचेत हुनुपर्ने धारणा राखे ।वाम गठबन्धनले मात्र देशको रक्षा र स्वाभिमानलाई उच्च बनाउने दावी गर्दै ओलीले सबै जातजाती भूगोलका समुदायबीच राष्ट्रिय एकताको भावना जगाउन वाम गठबन्धनले मात्र सक्ने दावी गरे । कांग्रेसले बहुराष्ट्र नाम दिएर नेपाली जनतामा विखण्डन ल्याउने प्रयास गरेको आरोप ओलीले लगाए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्