×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले विचारधारा कम्युनिस्ट र माओवादी केन्द्र फाइदाको लागि गठन भएकोः ओली

PRIME CA
GLOBAL IME BANK

एमाले विचारधारा कम्युनिस्ट र माओवादी केन्द्र फाइदाको लागि गठन भएकोः ओली

१६ मंसिर २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दुई खाले कम्युनिस्ट भएको बताएका छन् । एमाले मात्रै कम्युनिस्ट पार्टी भएको र अरु सबै एउटा सन्दर्भमा नाम राखिएका कम्युनिस्ट पार्टी भएको बताए । 
शुक्रबार झापामा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले आइडियोलजिकल कम्युनिस्ट एमाले मात्रै भएको बताए । उनले माओवादी केन्द्रको नामै नलिएर एमाले बाहेकका सबै पोलिकल कम्युनिस्ट भएको बताउँदै उनीहरु आवश्यकताको लागि नभएर लाभ र फाइदाको लागि गठन भएका कम्युनिस्ट भएको ठोकुवा गरे । 
सभामा अध्यक्ष ओलीले चुनावी गठबन्धन कुनै कम्युनिस्ट वा वामपन्थी गठबन्धन नभएको समेत बताए । सम्यवाद एक सुन्दर सपना मात्रै भएको भन्दै ओलीले त्यहाँ पुग्न नसिकने बताए । ‘साम्यवाद एक ज्यादै सुन्दर कल्पना हो, उच्चतम मानवीय समाजको सृजना गर्नका निम्ति गरिएको परिकल्पना हो तर के अहिलेकै अवस्थामा त्यहाँ पुग्नसकिँदैन’ ओलीले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: