
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफु निकट र योजनाकार मानिने चार प्रभावशाली नेताहरु लिएर सुरुवाको लाङटाङ पुगेका छन् । मंगलबार विहान महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकर पोखरेललाई लिएर ओली लाङटाङ तर्फ लागेका हुन् ।
प्राप्त जानकारी अनुसार भावी प्रधानमन्त्री ओलीले सरकार निर्माण र माओवादी केन्द्रसँगको पार्टी एकताका बिषयमा आफु निकट नेताहरुसँग गहिरो छलफल गर्न लाङटाङतिर लागेको बताएका छन् । एमाले महाधिबेशनयता ओलीका मुख्य राजनीतिक योजनाकार महासचिव पोखरेल, उपमहासचिव पौडेल, स्थायी कमिटी सदस्य नेम्वाङ र पोखरेल रहदै आएका छन् ।
मनाङ एयरको हेलिकोप्टरबाट हिमाली क्षेत्र लाङटाङ भ्याली पुगेको ओलीको रणनीतिकार टोलीले दिनभर छलफल गर्ने भएको छ । लाङटाङमा कुनैपनि राजनीतिक कार्यक्रम छैन, तर ओली महत्वपूर्ण राजनीतिक निर्णय लिँदा बाहिर निस्किने गरेका छन् । ओलीको रणनीतिकारसहितको टोलीले सरकार गठन र पार्टी एकताका बिषयमा ठोस निर्णय लिने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्