
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको भन्दै अब नमूना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् ।
आफूले मतदान दिएको भक्तपुर २ बाट एमालेका नेता महेश बस्नेतले जितेपछि निवासमै बधाई दिएका छन् । निर्वाचनको परिणाम सन्तोषजनक आएपछि ओलीले सञ्चारकर्मीसँग भने, ‘निर्वाचनको परिणाम हामीले सोचेअनुसार नै आएको छ, अब यो देशलाई विकास र सम्बृद्धिको बाटोमा लगेर नमूना देश बनाउन लाग्नुपर्छ ।’
उनले सामाजिक सदभाव, राष्ट्रिय एकता कायम गर्दै सम्बृद्ध देश निर्माण गर्ने दायित्व कम्युनिस्ट पार्टीको काँधमा आएको बताए । उनले देशलाई सम्बृद्ध बनाउन कम्युनिस्टहरु गम्भीर, स्वच्छ र पारदर्शी हुनुपर्ने कुरामा जोड दिए ।
उनले वामपन्थी गठबन्धनलाई देश बनाउने चुनौति आइपरेको भन्दै अब देश बनाउनका लागि त्यस्तै प्रकारका नीति र कार्यक्रम लिएर अग्रगमनको दिशामा अघि बढ्ने उनले बताए । सबैभन्दा ठूलो पार्टीको अध्यक्ष बन्दै गरेका ओलीले आफूहरु जितमा नमात्तिने र हारमा नआत्तिने संस्कारबाट आएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्