Skip to content
LAXMI SUNRISE BANK

बम हमलामा घाइते भएका गगन थापामाथि खनिए केपी ओली !

अर्थ सरोकार

काठमाडौँ –  एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ–४ का काँग्रेस उम्मेदवार गगन थापालाई ‘सेलीब्रेटी’ को संज्ञा दिँदै त्यस्ता सेलीबे्रटीको काम कारको विज्ञापनमा तस्वीर खिचाउनु मात्र हुने टिप्पणी गरेका छन् ।
काठमाडौँको कपनमा सोमबार आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सेलीब्रेटी नेताले विकास गर्न नसक्ने दाबी गरे । उनले काठमाण्डु–४ का जनताले एमाले उम्मेदवार डा. राजन भट्टराईलाई जिताए उक्त क्षेत्रको विकास हुने जिकिर गरे । भट्टराईले ल्याएका विकास आयोजना आफूले स्वीकृत गर्ने भन्दै ओलीले काठमाडौँ –४ को विकासको जिम्मा आफूले लिनेसमेत बताउन भ्याए ।
‘यो ठाउँको विकासका लागि सेलीबे्रटी उम्मेदवार होइन । भिजन भएको नेतृत्व चाहिन्छ’, ओलीले भने, ‘सेलिब्रिटी पनि काम लाग्छन् तर, कारको विज्ञापनका लागि मोडलिङ गर्न ।’ ओलीले पटकपटक बहुमत पाएर पनि मुलुकको विकासका लागि सिन्को भाँच्न नसकेको काँग्रेसलाई मतदाताले भोट दिनुको औचित्य नरहेको तर्क गरे । काँग्रेसलाई देशको माया नभएको तथा मुलुकको विकास गर्ने भिजन नभएको पार्टीको आरोप लगाए । ओलीले भारतले नेपालमाथि नाकाबन्दी लगाएका बेला काँग्रेसले दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताएको तर, आफूले नाकाबन्दी खोल्दा सम्बन्ध बिग्रिएको तर्क गरेको भन्दै त्यसै घटनाबाट काँग्रेसको देशभक्तिलाई बुझ्न आग्रह गरे ।
‘भारतले नाकाबन्दी लगाएर तपाईंहरुको चुल्हो नबलेका बेला, गाडी नचलेर केटाकेटीले स्कुल जान नसेकका बेला, बिरामीले औषधि नपाइरहेका बेला नेपाल–भारत सम्बन्ध राम्रो भन्ने काँग्रेस हो’, उनले भने, ‘मैले नाकाबन्दी खुलाएपछि भारतसँग सम्बन्ध बिग्रियो भन्ने पनि काँग्रेस नै हो ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा संविधान संशोधन गर्न नसकेपछि भारत गएर त्यहाँको नेतृत्वसँग ‘लग्ती भयो हजुर’ भनेको आरोप लगाउँदै ओलीले काँग्रेसलाई देशको माया नभएको आरोप लगाए ।
बामपन्थी गठबन्धनले जिते मुलुकमा कहिल्यै चुनाव हुन्न भन्ने प्रधानमन्त्री देउवाको आरोपको उनले प्रतिवाद गरे । ‘०५८ सालमा चुनाव नगरेको र ०६९ सालमा दरवारमा लोकतन्त्र बुझाएको कसले हो ?’ उनले भने, ‘कसले चुनाव गर्दैन, कसले लोकतन्त्र बुझाउँछ, व्यवहारबाटै पुष्टि भइसकेको कुरा मैले भनिरहनु पर्ला र ?’ ओलीले आफूहरुले संघर्ष गरेर ल्याएको लोकतन्त्र रक्षा गर्न कसैले सिकाउनु नपर्ने टिप्पणी गरे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK