
काठमाडौं – पार्टी एकता गर्ने सहमतिसहित चुनवामा बाम तालमेल बनाएका दुई संसदीय कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले पार्टी एकताको बिषयलाई तत्काल टुंग्याउनुपर्ने भन्दै संयुक्त बैठक राखेका थिए । तर शुक्रबारका निम्ति बोलाइएको उक्त बैठक एकाएक स्थगित भएकोछ ।
पार्टी एकताको बिषयबारे टुंगोमा पुग्न र नमिलेका बिषयलाई तत्काल कसरी हल गर्ने भनि छलफल गर्न शुक्रबार तय गरेको संयुक्त बैठक एकाएक स्थगित भएपछि एकताको बिषय फेरी अन्यौलमा परेको छ ।
शुक्रबार काठमाडौँमा बैठकको तयारी भइरहेका बेला रुपन्देहीमा रहेका माओवादी अध्यक्ष प्रचण्ड मौसम खराब भएको र गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेको भन्दै भैरहवाबाट काठमाडौँ फर्केनन् । प्रचण्ड आउँन नसकेपछि संयुक्त बैठक स्थगित गरेको बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरी तिमिल्सिनाले विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि काठमाडौँ फर्कने कार्यक्रम स्थगित भएको र पार्टी एकता संयोजन समितिको बैठक पनि स्थगित भएको बताएका छन् । तर शुक्रबार स्थगित भएको बैठक आइतबारसम्म बस्न नसक्नुले भने केही संका उब्जिएको छ ।
यद्यपि दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेको दुवै पार्टी स्रोतले बताएको छ । दोस्रो तहका नेताहरुले अनौपचारिक छलफल गरिरहेको र त्यसलाई एउटा रुप दिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।
पार्टी एकताको सन्दर्भमा शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकले पनि छलफललाई तीव्र पार्ने निर्णय गरेको थियो । त्यस्तै सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पनि सोही आशयको निर्णय गरेको थियो ।
चुनाव लगत्तै बस्ने भनिएको दुई पार्टी बिचको संयुक्त बैठक चुनाव सकिएको तीन सातासम्म पनि बस्न नसकेपछि यसको ढिलाईवारे सर्बत्र चासो व्यक्त भएको छ । एमाले र माओवादी केन्द्रका तल्लो तहका नेता कार्यकर्ताले पनि संयुक्त बैठक ढिलाईबारे सामाजिक सञ्जालमा ब्यापक टिका टिप्पणी गरिरहेका छन् ।
माओवादी भित्र पार्टी एकताको बिषयलाई लिएर ब्यापक विवाद उत्पन्न भइरहेको बेला प्रचण्डले विभिन्न बहाना बनाएर संयुक्त बैठकको मिती पर-पर सार्नुले कतै माओवादी भित्रको विवाद मिल्न नसकेको कारणले ढिलाई भइरहेको हो कि भन्ने आशंका एमाले नेताहरुले गर्न थालेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्